काठमाडौं । उद्योगीले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको मूल्य किलोको ५ रुपैयाँसम्म घटाएका हुन् ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ पनि घटेका कारण भाउ घटेको बताए ।
यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनुपरेको उद्योगीले बताउँदै आएका थिए ।




















प्रतिक्रिया