काठमाडौं । लोकप्रिय गायिका सुमी पराजुलीको स्वरमा सजिएको नयाँ गीत ‘ढाट्यो मायाले’ सार्वजनिक भएको छ।
लोक–आधुनिक शैलीमा तयार यो गीतले गाउँले परिवेशमा अंकुरिएको प्रेम सम्बन्धको कथा सुन्दर ढंगले प्रस्तुत गरेको छ।
गीतमा अभिनय गौरव हमाल, एलीसा बास्तोला र कोमल धितालले गरेका छन्। उनीहरूले प्रेम, लाज, संकोच र गाउँले जीवनशैलीलाई स्वाभाविक र सजीव अभिनयमार्फत उतारेका छन्।
गाउँघरको रमाइलो पृष्ठभूमिमा छायांकन गरिएको भिडियोले दर्शकलाई मायाको सरलता र गहिराइ दुबै अनुभूत गराउँछ।
गीतको शब्द तथा संगीत दीपकराज विष्ट ९बिश्वकर्मा० को रहेको छ। संगीत संयोजन किशोर थापाले गरेका छन् भने भिडियो निर्देशन सन्देश बस्नेतले गरेका हुन्।
छायांकनमा प्रयोग गरिएको सिनेमाटोग्राफी, रंग संयोजन र ग्रामीण सौन्दर्यले गीतलाई अझ जीवन्त बनाएको छ।
‘ढाट्यो मायाले’ बोल नै आफ्नै किसिमको आकर्षक छ। यसले गाउँमा बोलिने सहज र मिठो नेपाली भाषालाई सम्मान गरेको छ।
गीतमा मायाको सुरुवाती झझल्को, नजरको भाषा, बोल्न नसकिएको प्रेम र सामाजिक लाजलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
गौरव हमालको सहज अभिनय, एलीसा बास्तोलाको स्वाभाविक प्रस्तुति र कोमल धितालको भावनात्मक सम्प्रेषणले गीतलाई जीवन्त बनाएका छन्।
तिनीहरूको त्रिकोणात्मक भूमिकाले कथामा थप रोचकता ल्याएको छ। प्रेमको अल्छीपन र लजालु व्यवहार देखाउने दृश्यहरूले दर्शकको मन छोएको देखिन्छ।
गायिका सुमी पराजुली नेपाली लोक–आधुनिक संगीत क्षेत्रमा निरन्तर सक्रिय छिन्। उनको स्वरमा रहेको मिठास, उच्चारणको स्पष्टता र भावनात्मक गहिराइले गीतलाई थप सशक्त बनाएको छ।
‘ढाट्यो मायाले’ पनि त्यसको उत्कृष्ट उदाहरण बनेको छ। गीत सार्वजनिक भएसँगै युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
धेरै दर्शकहरूले गीतको मौलिकता, भिजुअल प्रस्तुति र सांगीतिक मिठासको खुलेर प्रशंसा गरेका छन्।
‘ढाट्यो मायाले’ नेपाली मौलिक गीत–संगीतमा प्रेमको मीठो अनुभूति दिने अर्को सफल कोसिस हो।
यो गीतले गाउँको मायाको कथा मात्रै होइन, सांगीतिक स्वाद र दृश्य सौन्दर्यको पनि मीठो मिश्रण पस्केको छ।





















प्रतिक्रिया