Logo

प्रमुख समाचार

केही जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध



काठमाडौँ । पछिल्लो ३ घण्टामा दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको बताएको हो ।

पश्चिम राप्ती र बबई नदी जलाधारका सहायक स–साना खोलाहरूमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

त्यस्तै बाँके जिल्लास्थित भगवनपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

यसका कारण डुडुवा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

यता, पछिल्लो ३ घण्टामा गुल्मी जिल्ला स्थित भर्से वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्का देखि मध्यम वर्षामापन भएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै विभाग सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार २०:३२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।