काठमाडौं । रौनक श्रीवास्तवको शतक सहयोगमा एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा भुटानविरुद्धको खेलमा नेपालले ३ सय ५८ रनको विशाल लक्ष्य तयार गरेको छ ।
मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेकाे हाे ।
नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले ।
शिवान्शं बजगाईं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रनमा आउट भए । रौनकले सुगम बुढाथोकीसँग मिलेर ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन जोडे ।
रौनकले जोय थापासँग मिलेर १ सय ३० बलमा १ सय ७० रनको शतकीय साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे । अघिल्लो खेलमा शतक प्रहार गरेका प्रसिद्ध जैसी १४ बलमा ७ तथा परिमार्जन यादव २ रनमा आउट भए ।
भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।




















प्रतिक्रिया