Logo

समाचार

नक्कली गहना धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ



काठमाडौं । सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर छिन् ।

उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् ।

असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १५:१८   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।