Logo

अर्थ

सेयर बजारमा २८.९१ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० को विन्दुमा कायम भएको छ ।

आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ४६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४५ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले २.१३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १५:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।