काठमाडाैं । आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया