काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) पूर्वप्रधानमन्त्री तथा अवामी लिग प्रमुख शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको हो। यो निर्णय बुधबार न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको अध्यक्षतामा रहेको आईसीटी–१ को ३ सदस्यीय इजलासले दिएको हो ।
आदेशमा भनिएको छ, ‘शेख हसिनाले अदालतको गरिमामा चोट पुर्याउने बयान दिएकी छिन् । जसले न्याय प्रणालीको निष्पक्षतामा प्रश्न उठाएको छ ।’
बंगलादेशी मिडिया रिपोर्टका अनुसार यो मुद्दा गत वर्षको अक्टोबरको हो । जब शेख हसिनाको फोन कल लिक भएको थियो । – एजेन्सी




















प्रतिक्रिया