काठमाडौं । विश्वस्तरको घरेलु उपकरण निर्माता मिडियाले नेपालमा आफ्नो नयाँ ब्लु स्माइल सिरीज माइक्रवेभ ओभनको सार्वजनिक घोषणा गरेको छ ।
यो सिरिजमा प्रयोग गरिएको इन्भर्टर क्वाट्रो प्रविधिले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्दछ। साथै, यसमा दिइएको म्याग्नेट्रोनमा १० वर्षको वारेन्टीले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्दछ ।
ब्लु स्माइल सिरीज दुई भिन्न मोडेलहरूमा उपलब्ध छ, जसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिन्छ।यसले हरेक नेपाली भान्सामा खुसी, सजिलो र प्रविधिमैत्री वातावरण ल्याउने लक्ष्य लिएको छ ।
यसको डिजाइन स्मार्ट र स्टाइलिश छ, जुन नेपाली भान्सासँग सजिलै मेल खान्छ। यसमा इन्भर्टर क्वाट्रो प्रविधिले खाना तताउनुका साथै ऊर्जा बचत गर्ने, दश वर्षको ग्यारेन्टीका साथै भरपर्दो दीर्घकालीन कार्यसम्पादन, सजिलो र आधुनिक बनावट, प्रयोग गर्न सहज, देख्दा आकर्षक जस्ता विशेषताहरू छन् ।
मिडिया कम्पनी एक अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त घरेलु सामग्री उत्पादक संस्था हो, जसका सामग्रीहरू दुई सयभन्दा बढी देशहरूमा उपलब्ध छन्। मिडियाले नवीन प्रविधिमार्फत मानिसको दैनिकीलाई अझ सहज र गुणस्तरीय बनाउन निरन्तर प्रयास गरिरहेको छ ।
नेपालमा उपभोग्य विद्युतीय सामग्रीको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी सि.जी. इलेक्ट्रोनिक्सले मिडिया उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले उच्च गुणस्तर र सेवा प्रदान गरी नेपाली उपभोक्ताको विश्वास जित्न सफल भएको छ ।




















प्रतिक्रिया