Logo

अर्थ

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा अर्याल र अध्यक्षमा कार्की नियुक्त



काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा किशोर जंग कार्की र स्वतन्त्र संचालकमा रमेश राज आर्याल नियुक्त भएका छन् । बिहिबार बसेको ३८०औँ सञ्चालक समिति बैठकले रिक्त अध्यक्ष पदको मनोनयन तथा नियुक्त गर्न गर्न बाँकी स्वतन्त्र संचालक नियुक्त गरेको हो ।

कार्की सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक बनेका थिए भने अर्याल कुमारी बैँकका पूर्व सिईओ हुन् ।

बैँकको संचालक समितिमा बिर्ख बहादुर बस्नेत, अंगिरमान सिंह, राजु पौडेल र अम्बिका शर्मा लामिछाने छन् । सर्वसाधारणबाट संचालक रहेका सुरज कुमार श्रेष्ठ समितिबाट राजिनामा दिएर बाहिरिसकेका छन् । उनको ठाँउमा कम्पनीले अर्का व्यक्ति पठाउनेछ ।

अध्यक्षका लागि संचालक लामिछानेले दावी गर्दै आएको भए पनि उनले बैंकको संचालक जस्तो जिम्मेवार पदमा रहेर बैंक स्रोतको चरम दुरुपयोग गर्दै आएको तथ्य सार्वजनिक भएपछि अध्यक्ष बन्ने उनको महत्वकांक्षामा ब्रेक लागेको छ ।

लामिछानेले उक्त कम्पनीद्वारा संचालित नेपालखोज डटकम नामक अनलाइन पोर्टलको विज्ञापनका नाममा बैंकबाट नियमविपरित करोडौं रुपैयाँ लिँदै आएको भेटिएपछि राष्ट्र बैंकले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार ११:५७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।