काठमाडौं । भन्सार विभागले बैंक जमानत फुकुवा गर्न वाणिज्य बैंकहरूलाई परिपत्र गरेको छ। अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात)मा संलग्न कम्पनीहरूको जमानत फुकुवा गर्न वाणिज्य बैंकहरूलाई पत्राचार गरेको हो ।
भन्सार विभागका अनुसार अहिलेसम्म आयात–निर्यात संकेत नम्बर (एक्जिम कोड) लिनका लागि तीन लाख रुपैयाँ बराबरको बैंक जमानत अनिवार्य थियो। तर, भन्सार विभागले अब यस्तो जमानतको आवश्यकता हटाउने निर्णय गरेसँगै, बैंकहरूलाई पहिले राखिएको जमानत रकम फुकुवा गर्न पत्राचार गरिएको हो।
भन्सार विभागका शाखा अधिकृत प्रेमप्रसाद सुवेदीकाअनुसार बैंक जमानत सम्बन्धी व्यवस्था भन्सार नियमावली हटाइएको छ । बैंकहरुमा विभिन्न पैठारीकर्ताहरुले निकासी पैठारी संकेत नम्बर लिने प्रयोजनार्थ राखेको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न विभागले पत्राचार गरेको उनले जानकारी दिएका छन् ।




















प्रतिक्रिया