काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४ को विन्दुमा कायम भएको छ ।
आज ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ३७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका गुमाएका हुन् ।




















प्रतिक्रिया