Logo

अर्थ

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो



काठमाडौं । सर्वसाधारणका लागि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि खुलेको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुलेको हो ।

कम्पनीले अंकित मूल्य १ सयका दरले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, म्युचुअल फन्ड, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर मात्रै आम सर्वसाधारणका लागि खुल्ने छ ।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १०:४३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।