Logo

अर्थ

हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने



काठमाडौं । हिमालयन बैंकले आम सर्वसाधारणका लागि असार ३२ देखि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ ।

बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

एफपीओमा साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम पूरै सेयरका लागि आवेदन दिन सकिने छ । एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी प्रदान गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ११:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।