काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नाम दिइएको ऋणपत्र वार्षिक ८ प्रतिशत ब्याजदरमा जारी गर्ने जनाएको छ।
बैंकले कुल १ अर्ब रुपैयाँ बराबरका १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । तीमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरका ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ । सर्वसाधारणका लागि खुला गरिएको हिस्सामध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्ता तथा अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको निष्काशन छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गतेसम्म खुला रहनेछ ।
शाइन रेसुङ्गा बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया