Logo

अर्थ

आर्थिक वर्षको अन्तिम दिन सरकारलाई एकैदिन १९५ अर्बको चेक काट्नुपर्ने बाध्यता



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि सार्वजनिक निकायलाई चेक काट्न रोक लगाएकोले अत्यावश्यकबाहेक अन्य सबै भुक्तानी आजै सम्पन्न गर्नुपर्ने अवस्था आएको हो ।

अहिलेसम्म सरकारको कुल खर्च १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन कुल संशोधित अनुमानको मात्र ८८.२ प्रतिशत हो। अझै पनि १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। पछिल्लो संशोधनअनुसार यो लक्ष्य घटाएर १६ खर्ब ६२ अर्ब ३७ करोडमा सीमित गरिएको छ । तर मंगलबारसम्म त्यसको ७८.८४ प्रतिशत मात्रै खर्च भएको देखिएको छ ।

बाँकी रहेको खर्चमध्ये चालुतर्फ ४५ अर्ब ४७ करोड, पुँजीगततर्फ १ खर्ब ७ अर्ब २५ करोड र वित्तीय व्यवस्थातर्फ ४२ अर्ब ५० करोड रुपैयाँ एकैदिन भुक्तानी गर्नुपर्ने बाध्यता देखिएको छ । यसले सरकारी निकायमा कार्यदबाब मात्र होइन, वित्तीय अनुशासनप्रति पनि प्रश्न उठाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार ११:२१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।