Logo

अर्थ

सेयर बजारमा २२ अंकको वृद्धि, ७ अर्ब ४५ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकको वृद्धि भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.०४ अंकले बढेर २७०५ बिन्दुमा उक्लिएको छ ।

बुधबार सेयर बजारमा कुल ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएकामध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको घटेकाे छ ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.२१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १५:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।