काठमाडौं । नेपाल सरकारले रसुवागढीको मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग सहयोगको अनुरोध गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको विपद् कार्यकारी परिषद्को बैठकले पुल सञ्चालनलाई प्राथमिकता दिँदै चीनसँग तत्काल समन्वय गर्न निर्देशन दिएको हो ।
बुधबार पत्रकार सम्मेलनमार्फत विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बैठकका निर्णयहरू सार्वजनिक गरेका थिए ।
‘मितेरी पुल चीन र नेपालबीचको महत्त्वपूर्ण नाका भएकाले यसलाई तत्कालै सुचारु गर्नका लागि त्यहाँ जुन सडक बनिरहेको छ,’ भट्टले उक्त निर्णयबारे जानकारी गराउँदै भने, ‘त्यो पहिलादेखि नै चीनकै मद्दतबाट बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको छ ।’




















प्रतिक्रिया