Logo

प्रमुख समाचार

दुर्गेश र सिसनको ‘जाने भए जाम माया’ सार्वजनिक गरेको छिनमै ट्रेन्डिङमा



काठमाडौं । पफमर दुर्गेश थापाले भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा तयार पारेको गीत ‘जाने भए जाम माया’ सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा चर्चामा रहेकी गुराँस नानीलाई फिचर्ड गर्दै तयार पारिएको यो गीत डान्सिङ ट्रयाक शैलीमा तयार पारिएको छ ।

दुर्गेशले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको यो गीत युट्युबको संगीत खण्डतर्फको तेस्रो स्थान अर्थात ट्रेन्डिङ नम्बर ३ मा रहेको छ ।

‘जाने भए जाम माया’ सार्वजनिक गरेको छिनमै ट्रेन्डिङ नम्बरमा पर्न सफल भएको हो ।

गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको हो । स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन् ।

साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन् । शिव विकको नृत्य निर्देशन रहेको गीतमा हरि हुमागाईंको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार २०:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।