काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी दिएको छ । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले सो जानकारी दिएका हुन् ।
उनका अनुसार सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार नेप्से पुनः संरचनाको अध्ययन गरि प्रतिवेदन मन्त्रालयमा पेस गरिएको हो । प्रस्ताव स्वीकृत भएपछि मात्र दोस्रो चरणको प्रक्रिया अघि बढ्ने पराजुलीले बताए ।




















प्रतिक्रिया