दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ले २४ घण्टाभित्र नेपालमा १६ लाख ३६ हजार युट्युब भ्यूज पाउँदै सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान रचेको छ।
यो गीत अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ र रियल टाइम ट्रेन्डिङमा १३ औं स्थानमा रहेको छ।
गीत अस्ट्रेलिया, क्यानडा, युएई, कतार, कुवेत, बेलायत र नेपालमा शीर्ष स्थानमा ट्रेन्डिङमा छ र युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन सक्ने सम्भावना छ।
काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ ।
नेपालमा यसले २० घण्टामै १६ लाख ३६ हजार भ्यूज पाएर चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ ।
यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को कीर्तिमान रचेको छ । यो गीत अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ ।
यसअघि कुनै पनि नेपाली गीत ‘संयुक्त राज्य अमेरिका’को ट्रेन्डिङमा आउन सकेका थिएनन् ।
विहिबार बेलुका ५ बजे अनलाइनखबरलाई प्राप्त दुर्गेशको युट्युब च्यानलको ड्यासबोर्डको स्क्रिनसट् ।
यसले यो गीतको भ्यूजको गति कति छ भन्ने थाहा हुन्छ । अमेरिकामा यो गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ ।
त्यो पनि संगीत खण्डतर्फ होइन, रियल टाइम ट्रेन्डिङमा । यो समाचार लेख्दासम्म यो गीत अस्ट्रेलियामा ट्रेन्डिङ १ मा, क्यानडामा १७, युएईमा ३, कतारमा २, कुवेतमा ५, बेलायतमा ८ र नेपालमा संगीत खण्डतर्फ पहिलो स्थानमा उक्लिएको छ ।
सज्जनराज वैद्यको गीत ‘बेहुली’लाई पनि उछिनेर यो गीत नेपालको संगीत खण्डतर्फको शीर्षस्थानमा पुगेको हो । यदि यो ट्रेन्डिङ कायम रहे, यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन मुस्किल छैन ।





















प्रतिक्रिया