Logo

अन्तर्राष्ट्रिय

रजनीकान्तको ‘कुली’ यसवर्षकै बहुप्रतीक्षित भारतीय फिल्म



मुम्बई । विश्व फिल्मको चर्चित डेटाबेस वेबसाइट ‘आइएमडीबी’ले जुलाईदेखि डिसेम्बर २०२५ सम्मका बहुप्रतीक्षित शीर्ष १० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ ।

सूचीको शीर्षस्थानमा आमिर खान, रजनीकान्त र नागार्जुना अक्किनेनीको अभिनय रहेको ‘कूली’ छ ।

लोकेश कानगराज निर्देशित फिल्मले बाल्यकालदेखि नै बदला लिनको लागि संघर्षरत एक पात्रको कथा भन्छ ।

सूचीको दोस्रो स्थानमा ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनित एक्सन थ्रीलर ‘वार २’ छ ।

तेस्रो स्थानमा प्रभास स्टारर ‘द राजा साब’ छ । चौंथोमा शान्या कपुर र विक्रान्त मेस्सीको फिल्म ‘आँखो कि गुस्ताकियाँ’ छ ।

पाँचौमा मोहित सुरी निर्देशित ‘सैयारा’ छ भने छैटौंमा टाइगर श्राफको ‘बागी ४’ छ ।
सातौं स्थानमा अजय देवगणको ‘सन अफ सरदार’, आठौंमा मोहनलाल र माल्भिका मोहननको फिल्म ‘हृदयपूर्वम’को छ ।

नवौंमा आश्विन कुमार निर्देशित ‘महावतार नरसिंहा’ छ भने दशौंमा आलिया भट्ट अभिनित ‘अल्फा’ छ ।

फ्यानको पेज भिजिटको आधारमा आइएमडीबीले वर्षेनी लोकप्रिय र प्रतीक्षित फिल्मको सूची सार्वजनिक गर्छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार २०:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।