Logo

अर्थ

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण



काठमाडाैं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत वाटर चिलर हस्तान्तरण गरेको छ ।

गर्मीको मौसमलाई ध्यानमा राखी अस्पतालमा उपचारका लागि आउने बिरामी, तीनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

शुक्रबार बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्रसिंह कार्कीले महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

उक्त अस्पतालमा दैनिक सयौं सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुदाँ समस्या देखा परेको जानकारी पाए पश्चात बैंकले उक्त वाटर चिलर प्रदान गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १६:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।