Logo

अर्थ

जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद सेयर जारी गर्ने



काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः०.६५ अनुपात (६५ प्रतिशत)मा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

जोशीको हकप्रद सेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । भदौ ४ गतेसम्म आवेदन दिन सकिन्छ । यो हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार ११:५२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।