काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । मौद्रिक नीति लगानीकर्ताका लागि सकारात्मक भएसँगै बजार बढेको हो । नेप्से परिसूचक २९ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ ।
आज १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ ।
आज ११ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया