Logo

प्रमुख समाचार

मन्त्रीको ७८ लाख घुस ‘डिल’ प्रकरण छानबिन गर्न माओवादी सांसदको माग



काठमाडाैं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन मन्त्रीले ७८ लाख घुसको डिल गरेको घटनामा प्रधानमन्त्रीको जवाफ मागेकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्री जोडिएको उल्लेख गर्दै भनिन्, ‘यो विषयमा के भएको हो ? सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदमा जानकारी गराउन अनुरोध गर्न चाहन्छु सभामुखज्यूमार्फत।’

यस प्रकरणमा जोसुकै दोषी देखिए पनि कडाभन्दा कडा कारबाही गर्न माग गरेकी छिन् । शर्माले भनिन्, ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहन्छु।’

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १६:४१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।