काठमाडाैं । मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ मा यसले उत्कृष्ट फिल्मको पुरस्कार जितेको हो ।
चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति कार्यालय शिलत निवासमा भएको समारोहमा उत्कृष्ट निर्देशकको पुरस्कार पनि ‘शाम्बाला’बाट मीन भामले पाएका छन् ।
रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट अभिनेताको पुरस्कार फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट विजय बरालले पाएका छन् ।
उत्कृष्ट अभिनेत्रीको पुरस्कार फिल्म ‘खुश्मा’बाट उपासना सिंह ठकुरीले पाएकी छन् ।
उत्कृष्ट लेखनको अवार्ड ‘छक्का पञ्जा ५’ बाट दीपकराज गिरीले पाए । उत्कृष्ट छायांकारको पुरस्कार ‘पिताम्बर’ फिल्मबाट पुरूषोत्तम प्रधानले पाए भने उत्कृष्ट सम्पादनको पुरस्कार फिल्म ‘पुजार सार्की’ बाट भरत रेग्मीलाई दिइयो ।
निर्णायक समिति प्रोत्साहन पुरस्कार फिल्म ‘पुजार सार्की’ बाट अभिनेता प्रदीप खड्काले पाए ।





















प्रतिक्रिया