Logo

प्रमुख समाचार

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजिवि विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले घुस प्रकरण नै सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रीलाई तत्काल बर्खास्त गरि छानबिन गर्नुपर्ने सुझाव दिए।

छानबिनका क्रममा दोषि देखिए कारबाही हुनुपर्ने उनले बताए।

महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको जिकिर गरे। उनले सत्ताको शक्ति प्राप्त गरेपछि पनि कानून भन्दा माथि कोहि नहुने बताए।

त्यस्तै थापाले न्यायापालिकालाई सफा र स्वतन्त्र बनाउनका लागि संविधान संशोधन गर्दा खुला रुपमा बहस गर्नुपर्ने बेला आएको समेत बताए।

समग्र न्यायापालिकाको पुनसंरचनाका लागि आवश्यक परे न्यायाधीशको पुनर्नियुक्त गर्न समेत तयार हुनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले कांग्रेसको अनुशासन समितिले गरेको कारबाहीको निर्णयले पार्टीको एकता खल्बलिने धारणा राखे।

पार्टीभित्र कोतपर्वजस्तै अनुशासन पर्व चलेको भन्दै उनले यो पार्टीको परम्परा र विधान, कानुनको हिसाबले उचित नरहेको बताए।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार २२:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।