Logo

प्रमुख समाचार

एमाले नेतृ तथ पूर्वराष्ट्रपति विद्या भण्डारीको वेबसाइट सार्वजनिक



काठमाडौँ । एमाले नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट मंगलबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

यो वेबसाइट पूर्वराष्ट्रपति भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू, र सम्बन्धित अभिलेख एवं दस्ताबेजहरूलाई एकै स्थानमा सङ्गृहीत गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको हो ।

वेबसाइटले पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवद्र्धनमा पुर्‍याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने लक्ष्य राखेको छ ।

समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास लिइएको छ ।

वेबसाइटमा समावेश सामग्रीहरूलाई समयानुकूल थप, परिमार्जन र अद्यावधिक गर्दै लैजाने योजना पनि रहेको जानकारी गराइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार २०:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।