काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ मा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया