Logo

प्रमुख समाचार

सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लिइन् शपथ



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छन् ।

राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए ।

घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उक्त मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।लगत्तै न्यौपानेलाई सो पदमा नियुक्त गरिएको थियो ।

न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १९:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।