Logo

अर्थ

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, डिजिटल भुक्तानीमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ । यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

भक्तपुरको चाँगुनारायणमा रहेको नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ । ग्राहकहरूले यस होमस्टेको सेवा उपभोग गरेबापत एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (MoBank) एप मार्फत भुक्तानी गर्दा यो छुट सुविधाको लाभ लिन सक्नेछन् ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १०:४३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।