काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य रु ५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आजदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।




















प्रतिक्रिया