Logo

प्रमुख समाचार

बन्ने भयो ‘जदौ’, भदौमा छायांकन



काठमाडौं । चलचित्र ‘जदौ’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।

काठमाडौंमा बिहीबार आयोजीत ‘जदौ’ निर्माण घोषणा कार्यक्रममा कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रिति कौर लिखित गीत वाचन गरेका थिए ।

दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता–मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन .. वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरेका थिए ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’लाई काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् ।

भदौ पहिलो साताबाट छायांकन हुनेछ । चलचित्रमा मुकुन, नीति, प्रभातपाल, विनोद, सन्ध्याका साथमा ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी ९धतुरे०लगायतका कलाकारको अभिनय रहनेछ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार ०८:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।