Logo

अर्थ

समृद्धि र पोखरा फाइनान्सबीच मर्जर सम्झौता



काठमाडाैं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच पोखरामा साउन ४ गते मर्जरको लागि सम्झौता भएको हो।

यी कम्पनीहरु १ः१ स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कायम हुने कम्पनीको नाम पोखरा फाइनान्स रहने गरी मर्जर सम्झौता भएको छ ।

यस्तै मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ ।

कम्पनीहरुबीच हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत बनेको छ ।

नेपाल राष्ट्र बैंकले स्थलगत निरिक्षणका क्रममा पोखरा फाइनान्सलाई समस्याउन्मुख रहेको जनाएको थियो । राष्ट्र बैंकले कम्पनीलाई कारबाही गर्दै सञ्चालन समितिलाई सचेत समेत गराएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १०:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।