Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, एकैदिन २१ अर्ब ४६ करोडको कारोबार



काठमाडौं । आज सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७० को विन्दुमा कायम भएको छ ।

आज १०५ कम्पनीकाे सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको छ ।

आज २१ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । यो ११ महिना यता कै उच्च कारोबार हो ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १५:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।