Logo

प्रमुख समाचार

चर्चित गायक राजेशपायल र पूर्व पत्नी साङबुङबिच यस्तो सहमति



काठमाडौँ । गायक राजेशपायल राई र उनकी पूर्व पत्नी साङबुङ राईबिच मिलापत्र भएको छ ।

दुवैले तिनकुने स्थित प्रहरी वृत्तमा मिलापत्र गरेका हुन् ।

साङबुङ राजेशपायलविरुद्ध उजुरी प्रहरीमा दिएपछि दुबैलाई राखेर मिलापत्र गराएको हो ।

साङबुङको लिखित उजुरीमा राजेशपायलले आफूलाई अप्ठेरो पर्ने खालका क्रियाकलाप र हातपात गरेको तथा धाकधम्की दिएको भन्दै सुरक्षा माग गरिएको थियो ।

त्यसै बमोजिम प्रहरीले राजेशपायललाई बोलाएर छलफल गराएको हो । छलफलपछि दुवैले एक–अर्काको जीवनमा हस्तक्षेप नगर्ने र झैझगडा नगर्ने प्रतिबद्धता जनाएको प्रहरीले जानकारी दियो ।

केही दिनअघि साङबुङ अनामनगरस्थित घरमा बच्चा लिन जाँदा राजेशपायलले उनलाई दुर्व्यवहार गरेको समाचार मिडियामा छाएको थियो ।

राजेशपायल र साङबुङका एक मात्र सन्तानका रूपमा नाबालक छोरा छन् । छोरा साङबुङसँग भए पनि उनको सबै खर्च राजेशपायलले गर्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार २०:१९   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।