काठमाडौं । महोत्तरीको महोत्तरी गाउँँपालिका–१ का ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना खुलाएको छैन । यादवको हत्यामा विवाहेतर सम्बन्ध कारण रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले शनिबार (साउन ३) राति जनकपुरको होटेल एसपी एन्ड गेस्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर यादवको हत्या गरिएको जानकारी दिए ।
हत्यामा उनकै महिला साथी संलग्न रहेको अनुसन्धानबाट देखिएको उनले बताए । शनिबार राति ( बजेर ५) मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सीसीटीभी फुटेजमा देखिन्छ ।
त्यसको करिब पाँच घण्टापछि अर्थात् आइतबार (साउन ४) बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटेलको पहिलो तलाबाट खसेको देखिन्छ ।
त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सीसीटीभी क्यामेरामा कैद रहेको उनले बताए ।
आइतबार बिहान पौने ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, सीसीटीभी फुटेजका आधारमा ती युवतीमाथि नै अनुसन्धान केन्द्रित छ ।
न्युज एजेन्सी नेपाल



















प्रतिक्रिया