काठमाडौं । नबिल बैंकको ८ वर्षे अवधिको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । यो ऋणपत्रका लगानी गर्नेले मुद्दती निक्षेपमा भन्दा बढी ब्याज पाउने छन् । नबिल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा पाउने अधिकतम ब्याजदर हाल ५.५० प्रतिशतमा झरेको छ ।
यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । ८ वर्षपछि साँवा फिर्ता हुने बैंकले जनाएको छ ।
‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।




















प्रतिक्रिया