काठमाडाैं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार जननायक वीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित वीपी संग्राहलयमा आयोजित विशेष कार्यक्रममा वीपीको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यक्रममा अध्यक्ष गुरुङले वीपी कोइरालाको योगदान नेपाली राजनीति र लोकतान्त्रिक आन्दोलनका लागि अतुलनीय रहेको बताए । उनले वीपी कोइरालाले तरुणहरूसँग गरेको अपेक्षालाई कहिल्यै पनि अवमूल्यान हुन नदिने प्रतिवद्धता पनि जनाएका छन् ।
वीपी कोइरालाको ४३औँ स्मृति दिवसमा वीपी संग्राहलयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वीपीका पुत्र डा.शशांक कोइराला प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा तरुण दलका अध्यक्ष गुरुङसहित तरुण दल केन्द्रीय सदस्य पवन यादव, सरिन घिमिरे, दीपेन्द्र पोखरेल, सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष सञ्जय लामा, सिन्धुली तरुण दलका अध्यक्ष सहदेव मैनाली, कालीकोट तरुण दलका अध्यक्ष दमन शाही, तरुण दल सिन्धुपाल्चोकका सचिव निशान लामा योञ्जन लगायतका तरुण, नेविसंघ र नेपाली कांग्रेसका नेताहरू उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया