काठमाडाैं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३ को विन्दुमा कायम भएको छ ।
आज २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ ।
आज २० अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एलबिबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया