Logo

अर्थ

सेयर बजारमा उत्साह, २० अर्ब ८ कराेडकाे काराेबार



काठमाडाैं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३ को विन्दुमा कायम भएको छ ।

आज २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ ।

आज २० अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एलबिबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १५:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।