Logo

अर्थ

फ्रन्टलाइन अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता



काठमाडौं । काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल र प्रभु बैंक लिमिटेडबीच सेवाग्राहीलाई लक्षित छुट प्रदान गर्ने विशेष सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवार सदस्य तथा ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमा उपलब्ध सेवा सुविधामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।

सम्झौतापत्रमा फ्रन्टलाइन अस्पतालका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रमेश कुमार श्रेष्ठ र बजार व्यवस्थापक दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।

नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख ग्राहकलाई सेवा दिँदै आएको प्रभु बैंक ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नारासहित बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १२:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।