Logo

प्रमुख समाचार

सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन दिँदैनौँ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संसद्‌मा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने स्पष्ट पारे ।

सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्त्वपूर्ण रहेको बताए । उनले विधेयकमा रहेको विषयवस्तुहरू आधारभूत रूपमा नै गलत रहेको उल्लेख गरे ।

विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने बताए । सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महसुस भएको उनको भनाइ छ ।

“प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ । त्यसको प्रमाण अहिले संसद्मा आएको विधेयक हो । संसद्मा आएको विधेयक आपत्तिजनक छ । त्यो विधेयक जस्ताको त्यस्तै पारित हुँदैन । हामी हुन दिन्नौँ” उनले भने ।

महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १९:५५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।