Logo

प्रमुख समाचार

पूर्व राष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै



सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी छिन् । बबरमहलस्थित कार्की बैंक्वेटमा आज शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ।

गत मंगलबार मध्यराति एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयमा तीन नेताले असहमति जनाएका थिए । भण्डारीले आफू पछाडि नहट्ने अडान लिएको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार भोलि धेरै कुरा प्रष्ट हुनेछ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार ०६:१०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।