काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकमा परेका संशोधनको एकीकृत विवरण सार्वजनिक गरेको छ । जसमा १६ समूहमा ४३ जना संसदले संशोधन प्रस्ताव गरेको उल्लेख छ ।
नेकपा एमालेको तर्फबाट निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये ‘कुलिङ अफ पिरियड’को विषयमा प्रतिनिधिसभामा भएको सहमति भन्दा फरक संशोधन परेको छ ।
एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेको सार्वजनिक गरिएको संशोधन प्रस्तावमा उल्लेख छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउनुपर्ने प्रस्ताव राखेका छन् ।
कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि निश्चित समय संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने सम्बन्धी प्रावधान हो । नेपालमा यस्तो अभ्यास प्रचलनमा छैन ।




















प्रतिक्रिया