Logo

प्रमुख समाचार

कुलिङ अफ पिरियडबारे संसदीय छानबिन समितिको म्याद ७ दिन थपिँदै



काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिका कारण विवादमा आएको ‘कुलिङ अफ पिरियड’ प्रावधानबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ । म्याद थप सम्बन्धी प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिँदैछ ।

सभामुख देवराज घिमिरेले संसदीय विशेष छानबिन समितिको कार्यावधि थप गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाले उक्त प्रस्ताव पारित गरेपछि समितिको म्याद साउन १९ गतेसम्मका लागि थपिनेछ ।

जसमा समितिको म्याद ७ दिनको प्रस्ताज राख्न लागिएको हो । सभाले स्वीकृत प्रदान गरेको खण्डमा समितिको म्याद थपिनेछ ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय यअी साउन ११ गते सकिँदैछ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि राजीनामा वा अवकाशपछि २ वर्ष कुलिङ पिरियड लागु हुने गरी विधेयक पारित गरेको थियो । तर, विधेयकमा कुलिङ पिरियडको प्रावधान नै निश्कृय हुने भाषा समेत परेको भनेर प्रश्न उठ्यो । यही प्रश्नउपर छानबिन गर्न प्रतिनिधि सभाले कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा समिति गठन गरेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १३:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।