रौतहट जिल्लाको माधवनारायण नपा ५ मा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । उक्त नगरपालिकाको लौकाहाटोलमा राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृताकुमारी साहको हत्या गरेको हो ।
राम अयोध्या साहकी छोरी अमृताको हत्या भएको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको सुक्ष्मरुपमा अनुसन्धान भैरहेको र दोषी चाडोभन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताए ।
अमृता २०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भए पनि उनी माइतमा नै बस्दै आएकी थिइन् । उनको हत्या भएपछि लौकाहाटोलका बासिन्दा त्रसित बनेका छन् ।उनको ७६ सालमा सर्लाही मधुवनगोठका रुपेश साहसँग विवाह भएको थियो । बिहे भएको केही समयपछिबाट नै माइतमा बस्दै आएको बताइएको छ ।
मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । महिनौंको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।
मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिहानै पुगेका छन् ।




















प्रतिक्रिया