काठमाडौं । नेपाल टेलिकमको फोरजी र भीओएलटीई सेवामा समस्या देखिएको छ ।
कम्पनीले सोमबार दिउँसो २ बजेबाट सेवामा समस्या आएको जनाएको छ । जसले गर्दा इन्टरनेट सेवा प्रभावित भएको छ ।
टेलिकमले उक्त सेवामा देखिएको समस्याबारे सम्पूर्ण ग्राहकवर्गलाई जानकारी गराउँदै कम्पनीको टूजी र थ्रिजी सेवामा भने समस्या नरहेको जनाएको छ ।
समस्या समाधानको लागि प्राविधिक लागिरहेको टेलिकमको भनाइ छ ।




















प्रतिक्रिया