Logo

अर्थ

३००२ विन्दुमा पुग्यो नेप्से, साढे १८ अर्बको कारोबार



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२ को विन्दुमा कायम भएको छ ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ ।

आज १८ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर कम्पनी, सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.६० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १५:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।